सिटि होटल लिमिटेडको शेयरधनी दर्ता पुस्तिका बन्द हुने

काठमाडौं । सिटि होटल लिमिटेड हकप्रद शेयर निष्काशनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ  । सिटि होटल लिमिटेडको हाल कायम चुक्ता पूँजी एक अर्ब सतसठ्ठी करोड चालीस लाखको  प्रति शेयर अंकित मूल्य १ सयका दरले  १,६७,४०,००० कित्ता साधारण शेयरको १ : ०.८ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८ कित्ता साधारण शेयर) को  १ अर्ब ३३ कारोड ९२ लाख कित्ता शेयर निष्काशन प्रयोजनको लागि मिति २०८२ साउन २७  गते (एक दिन) शेयरधनी दर्ता  पुस्तिका बन्द हुनेछ ।

कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द भएको दिन भन्दा अघिल्लो दिनसम्म अर्थात २०८२ साउन २६सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार