काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो । अघिल्लो वर्ष लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी २८ करोड ९८ लाखबाट घटेर २२ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । यता, इम्पेरमेन्ट चार्ज भने बढेको छ । ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा दबाब परेको हो ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड २९ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ९.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५.९५ रुपैयाँ छ ।

