काठमाडौं । गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । यसले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित) दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ ।
तसर्थ, साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । यता, एनएमबि सरल बचत फन्ड इ ले पनि इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल (कर सहित) घोषणा गरेको छ । यसले लाभांश प्रयोजनार्थ साउन १५ गते बुक क्लोज गरेको छ ।

