काठमाडौं । सेयर कारोबारका लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको छ । आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।


