काठमाडौं। नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारी सहित नामी ब्राण्डको दोस्रो नयाँ गाडी नेपाल आईपुगेको छ ।
डोङफेङ ग्रुप अन्तर्गतको नामी ब्राण्डमा दोस्रो गाडी नेपाल आएको हो । कम्पनीले यसअघि नामी(०१ नामबाट ह्याचव्याक कार बिक्री गर्दै आएकोमा अब नयाँ मोडल नामी(०६ एसयूभी ल्याएको हो ।
एमएडब्लू वृद्धिले नेपाल ल्याएको डोङफेङ नामी(०६ नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
नयाँ मोडल भएकोले परीक्षण लगायतका कामहरु सक्नु पर्ने कम्पनी स्रोतले जानकारी गराएको छ ।
एमएडब्लूले नामी(०६ एसयूभी विभिन्न तीन भेरियन्टमा ल्याउने भनेर मूल्यसूची प्रकाशित गरेको थियो । कम्पनीले ई(१, ई(२ र ई(२ प्लसगरी तीन भेरियन्ट ल्याउने जनाएको छ ।
ब्याट्री साइज भने दुई फरक पाउन सकिन्छ । ई(१ र ई(२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री रहनेछ । टप भेरियन्ट ई(२ प्लसमा ५१।८७ किलोवाट आवरको ब्याट्री हुनेछ ।
भन्सार प्रयोजनको लागि कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार नामी(०६ को ई(१ भेरियन्टको मूल्य ५७ लाख ९९ हजार, ई(२ को मूल्य ६० लाख ९९ हजार र ई(२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ छ । तर बिक्रीको लागि आउँदा मूल्य कम हुने कम्पनिले जनाएको छ ।
यसको साइज हेर्दा अधिकांश घरायसी पार्किङमा सहजै पार्क गर्न सकिने देखिएको छ।
नामीको इलेक्ट्रीक एसयूभीमा टी आकारमा सजिएको एलइडी हेडल्याम्प पाउन सकिन्छ । स्प्लीट टेलगेट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, भ्येन्टिलेटेड र मसाज सिट दिइएको छ ।
एडास फिचर सहित उपलब्ध हुने नामी(०६ एसयूभीमा पानारोमिक सनरुफ, फोल्डेबल सिट, १२८ कलरमा सजिएको एम्बियन्ट लाइट पाउन सकिन्छ । टु स्पोक स्टेरिङ ह्वील सहित मिनिमल डिजाइनमा तयार भएको क्याबिन र लेदर सिटले उपभोक्ता लोभ्याउन सक्छ ।

