एनआइसी एसिया क्यापिटलका ४ वटा फन्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् ।  जसमध्ये एनआइसी एसिया फ्लोक्सी क्याप फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई १०.१० प्रतिशत प्रतिफल (कर सहित) दिने भएको छ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्सड् फन्डले ९.९० प्रतिशत, एनआइसी एसिया सेलेक्ट-३० ले ८.६५ प्रतिशत र एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत प्रतिफल दिने भएका हुन् । लाभांश प्रयोजनार्थ फन्डहरुले साउन २९ गते बुक क्लोज गर्ने भएका छन् । तसर्थ, साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार