केटीएमले सबै मोटरसाइकलको नयाँ भर्सन नाइमा मोबिलिटी एक्स्पोमा ल्याउदै

काठमाडौं । केटीएमले सबै मोटरसाइकलको नयाँ भर्सन नाइमा मोबिलिटी एक्स्पोमा ल्याउने भएको छ ।

केटीएमले यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आफ्नो सम्पूर्ण मोटरसाइकलको नयाँ अपडेट भर्सन सार्वजनिक गर्ने भएको  हो ।

नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा उपलब्ध रहेको सम्पूर्ण मोडलको अपडेट भर्सन बजारमा ल्याउने भएको हो ।

साथै, केटीएमले मोबिलिटी एक्स्पोमा नयाँ मोडल २५० र ३९० एड्भेन्चर पनि सार्वजनिक गर्नेछ ।

अहिलेनेपालमा केटीएमको ड्युक २००, ड्युक २५०, ड्युक ३९०, आरसी २००, आरसी ३९० र पुरानो भेरियन्ट एड्भेन्चर २५० र ३९० मोडलका मोटरसाइकलहरू उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार