काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार ६३.७३ अंकले घटेरको छ । बजार दोहोरो अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । आज १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो ४ दिनमा मार्केट १०० अंक भन्दा धेरैले घटिसकेको छ ।
मार्केटमा लगातार नाफा बुक गर्ने बढेको कारण सूचकमा दबाब परेको हो । आज ३१९ वटा स्क्रिप्ट कारोबार भएको छ । जसमध्ये १६ वटाको भाउ बढेको छ भने २३३ वटाको घटेको छ । २ वटाको सेयर पोजेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । भने २ वटाको नेगेटिभ सर्किट लागेर घटेको छ । नेपाल पुनर्बिमाको सबैभन्दा धेरै ७५ करोड ३९ लाखको कारोबार भएको छ । त्यस्तै, हिमालयन रिको ७१ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


