काठमाडौं ।दीपलको आधिकारकि बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दीपल एस एस०७लाई नयाँ ब्याट्री र नयाँ नेबुला ब्लू कलर सहित एस(०७ सार्वजनिक गरेको छ । अटोकर्पले एस(०७ लाई एलएफपी ब्याट्रीमा पनि उपलब्ध गराएको छ ।
यसअघि एनसीएम ब्याट्री प्रयोग गरिएको एस(०७ अब एलएफपी ब्याट्रीमा पनि आएको हो ।
नयाँ ब्याट्री र नयाँ नेबुला ब्लू कलर सहित एस(०७ सार्वजनिक गर्दै कम्पनीले ५ वर्षसम्म शून्य ‘ओनरशिप कस्ट’ नारासहित स्कीम ल्याएको हो । ।ब्याट्री र ब्लू कलर अप्सन बाहेक अन्य टेक्नीकल परिवर्तन भएको छैन । 
कम्पनीले ल्याएको नयाँ ब्याट्री सहितको एस(०७ मा ६८.८ किलोवाट आवरको ब्याट्री दिएको छ । यसको सिंगल चार्ज रेन्ज डब्लूएलटीपीका अनुसार ४१० किलोमिटर छ । यसको मुल्य भने ७४ लाख ९९ हजार रहेको छ
एलएफपी ब्याट्रीमा आउँदा २ किलोवाट आवर साइज बढेर आएको छ ।
एमएडब्लू वृद्धिले दिएको स्कीममा ग्राहकले गाडी किनेको ५ वर्षसम्म कुनै किसिमको खर्च गर्नुपर्ने छैन । कम्पनीले यसमा ५ वर्षको अटोप्लस बीमा, ५ वर्षको सवारी साधनको वार्षिक कर, निःशुल्क सर्भिसिङ, निःशुल्क मेन्टिनेन्सका सामानहरू दिनेछ ।
गाडीको लागि चाहिने इन्धन (बिजुली) को पैसा पनि ५ वर्षसम्म कम्पनीले नै तिरिदिने छ ।

