काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २४९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ६ करोड ८ लाख नाफा कमाएको थियो ।
यस लघुवित्तको खुद ब्याज आम्दानी ४४ करोड ११ लाखबाट बढेर ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले १० करोड २ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । ७३ करोड ३० लाख ४६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ७ लाख जम्मा छ ।
१२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी २८.५५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७२.९० रुपैयाँ छ । एनपीएल ४.४८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष एनपीएल ४.८१ प्रतिशत थियो । यस संस्थाको लाभांश वितरण क्षमता २२.३२ प्रतिशत छ ।

