काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा यो कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ३० लाखबाट बढेर ६८ करोड ७१ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । सिंगटीले २६ करोड ७३ लाख रुपैयाँ वित्तिय खर्च गरेको छ ।
२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ रहेको छ । एकुमुलेटेड प्रफिट २ करोड ५१ लाख छ । यस हाइड्रोपावरको प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०९.५३ रुपैयाँ छ ।

