कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उतीर्ण

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उक्त नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार