काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोडबाट बढेर ५ अर्ब ७५ करोड पुगेको छ । साथै, इम्पेयरमेन्ट चार्ज घटेर ३५ करोड ३७ लाख कायम भएको छ । ब्याज बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ३१ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १७.३१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३.८ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ९.२३ रुपैयाँ छ ।

