काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०९३ को अबधि ११ बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ । यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
बिकास ऋण पत्रमा लगानी गर्ने बोलकबोलको समय २०८२ साउन २१ गते बिहान १० बजे देखी ३ बजे सम्म हुनेछ । ऋणपत्र खरिद गर्न चाहने खरिद कर्ताले domsप्रणालीको www.doms.gov.ne/csd/mainTree.doबाट आबेदन दिनु पर्ने छ । बिकास ऋणपत्र निश्कासन मिति २०८२ साउन २२ लाई तोकिएको छ । साँवा भुक्तानी २०९३ साउन २२ गते हुने छ । ऋणपत्र खरिद मार्फत प्राप्त ब्याज आम्दानीमा आयकर लाग्ने छ ।
यो ऋणपत्रको दोस्रो बजार कारोबाट नेपाल स्टक एक्सचेन्ज मार्फत हुनेछ । खरिद कर्ताले यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन सक्नेछन् । ऋणपत्र खरिद गर्न आबेदन दिएका खरिदकर्ताको आबेदन रद्द भएमा आवेदकको रकम ३ दिन भित्र बिना ब्याज फिर्ता हुनेछ ।
ऋणपत्र खरिद गर्दा गटिमा ५ लाख र बडीका कुल निश्कासन रकमको सीमामा नबढाइ ५ लाखले भाग गर्द नि:शेष भाग जाने अंकमा लगानी गर्न सक्ने छन् ।
नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैङक तत वित्तिय संस्था वाहेकका खरिद कर्ताले आफुले खरिद गर्न चाहेको रकमको २.५ प्रतिशतले हुने अनेष्ट मनि बापतको रकम नेपाल राष्ट् बैङ्कमा रहेको बिकास ऋणपत्र आबेदन खाता (DEVELOPMENT BOND APPLICATION A\C ( खाता नम्वर १२०००००/०१.११५.५२४मा जम्मा गरेको भौचर सार्वजनिक ऋण व्यवस्थापन कार्यलय मा आज ३ बजे भित्र इमेल मार्फत पठाउनु पर्नेछ ।
ऋणपत्रको प्रतिस्पर्धी र अप्रस्पधी बोलदातालाई क्रमश निशकाशित रकमको ८५ र १५ अर्थात ८५० करोड र १५० करोड छुट्ट्याइएको छ

