कुमारी बैंकको नाफामा ४५ हजार ८२९ प्रतिशतको सुधार, यसकारण बढ्यो मुनाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८० करोडबाट बढेर ११ अर्ब ५५ करोड पुगेको छ । साथै, इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ७९ करोड कायम भएको छ । ब्याज बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर ८.०७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता भने ऋणत्मक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार