१८ लघुवित्तले सार्वजनिक गरे वित्तीय रिपोर्ट, ८ वटाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ भन्दा धेरै, कुनको कति ?

काठमाडौं । सूचीकृत १८ वटा लघुवित्तहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये प्रायः सबै फन्डहरुको नाफा बढको छ । रिपोर्ट अनुसार धेरै संस्थाहरुको खुद ब्याज आम्दानीमा सुधार आएको छ । साथै, इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । त्यसले गर्दा नाफामा सुधार देखिएको छ । लघुवित्त संस्थाहरुले निकै सन्तोषजनक वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ । १८ मध्ये १६ वटाको प्रतिसेयर आम्दानी डबल डिजिटमा छ ।

चुक्ता पुँजी र जगेडा कोष कसको कति ?

रिपोर्ट सार्वजनिक गर्ने १८ लघुवित्त संस्थामध्ये २ वटाको मात्र पुँजी १ अर्ब भन्दा धेरै छ । फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको चुक्ता पुँजी १ अर्ब भन्दा धेरै छ । यता, जगेडा कोष भने आशा लघुवित्तको सबैभन्दा धेरै छ । यसको उक्त कोषमा ३७ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ ।

खुद ब्याज आम्दनी कसको कति ?

रिपोर्ट सार्वजनिक गर्ने संस्थाहरुमध्ये आशा लघुवित्तले सबैभन्दा धेरै ७३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सीवाइसी नेपालले ४५ करोड ३ लाख, इन्फिनिटीले ४० करोड ४९ लाख ब्याज आम्दानी गरेको छ ।

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थाले १२ महिनामा २० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा, फर्स्ट माइक्रो फाइनान्सले १३ करोड १२ लाख, सीवाइसी नेपालले ११ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । यसअवधिसम्म आइपुग्दा १८ वटै संस्थाहरु नाफामा छन् ।

प्रतिसेयर आम्दानी र नेटवर्थ

आत्मनिर्भर लघिवत्तको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै छ । यसको उक्त आम्दानी ५७.०७ रुपैयाँ छ । रिपोर्ट सार्वजनिक गर्ने १६ वटा लघुवित्तको इपीएस डबल डिजिटमा छ । यता, प्रतिसेयर नेटवर्थ पनि आत्मनिर्भरको धेरै छ । यसको उक्त नेटवर्थ ३८४.८२ रुपैयाँ छ । ४ वटाको इपीएस ४० भन्दा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार