नाइमामा सवारी खरिदकर्तालाई एभरेष्ट बैंकको सस्तो कर्जा

काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० बान्डका ३५ वटा नयाँ सवारी साधनहरू सार्वजनिक भएका छन्। एक्स्पोमा नयाँ प्रविधि र मोडलका विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानaहरू प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ ।एक्स्पोको मुख्य प्रायोजकमा एभरेष्ट बैंक लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।अवलोकनकर्ताहरुलाई आकर्षित गर्न सवारी विक्रेता कम्पनीहरूले विशेष अफर प्रस्तुत गरिरहेका छन्। साथै एक्स्पोमा उपभोक्ताहरुले एउटै छाना मुनि उपलब्ध विभिन्न बान्ड मध्ये आफूलाई मन पर्ने र आकर्षण लागेको छान्न पाउन्छन्। यहाँ सवारीको बुकि देखि खरिद पनि हुन्छ। सवारी किन्न चहानेसँग आवश्यक सम्पूर्ण रकम उपलब्ध नहुन सक्छ। यस्तो उभोक्तालाई सेवा दिन एक्स्पोमा बैंकको पनि उपस्थिति छ। हाल नाइमामा एभरेष्ट बैंकले सवारी किन्नेका लागि सहजीकरण गरिरहेको छ।

एभरेष्ट बैंकले स्टल नम्बर २  मार्फत अटो लोन लगायत  लोन प्रोडक्टहरुको बारेमा  जानकारी तथा बिक्री गरिरहेको छ। सोही स्थानबाट ग्राकहले आवश्यक सेवा लिन सक्ने बैंकले जनाएको छ । नाइमा एक्स्पोका लागि एभरेष्ट बैंकले सस्तो ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ।

बैंकले चारपाँग्रे सवारी खरिद गर्न चाहने उपभोक्तालाई ६.५२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ।

जसमा वेस रेट १.५२ प्रतिशत त्यस्तै वेसरेट ५.२७ छ भने त्यसमा प्रिमियम १.२५ प्रतिशत जोड्दा ६.५२ प्रतिशत ब्याजदरको हिसाबले अहिलेलाइ सवारी साधन किनमेलका लागि लोन उपलब्ध गराएको एभरेष्ट बैकले जानाएको छ ।

जसर्मा लोन टु भ्यालुै एलटीभी ६० प्रतिशत  फाइनान्समा ईभी उपलब्ध भइरहेको बैंकले जानकारी दिएको छ ।

त्यसैगरी कालो नम्बर प्लेटको गाडीमा रजिस्टर गरेर कर्मशियल  सवारी साधनहरु किन्नको लागि अथवा  कर्मशियल  सवारी साधनहरुका लागि लोन बुक गर्न आउनेहरुको  लागि  ७५ प्रतिशतसम्म फाईनान्स गरिरहेको   बैकले जनाएको छ । मोबिलिटी एक्स्पोदेखि उपलब्ध यस योजना थप केही महिनासम्म चल्ने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार