१५ हजार डलर भन्दा बढी रकमको सेवा आयात गर्दा विदेशी बैंकको ग्यारेण्टी आवश्यक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गरेको छ । अब प्रति पटक अमेरिकी डलर १५ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्ने र नियामक निकायको सिफारिस  पनि आवश्यक पर्ने भएको छ । यसअघि १२ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा नियामक निकायको सिफारिस लिनुपर्ने व्यवस्था थियो ।

यता, विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण जस्तैः TOEFL, IELTS, PTE, GRE, GMAT, SAT आदि सेवा आयात नेपाली संस्थाले गर्दा सोबापतको भुक्तानीको लागि प्रति पटक अमेरिकी डलर १५ हजारसम्मको सटही सुविधा वाणिज्य बैंकले प्रदान गर्न सक्नेछ । सोका यसका लागि भने नियामक निकायको सिफारिस अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार