‘निर्धक्क भएर’ सेनाको अडान व्यक्त गरिरहने इजरायली सेनाप्रमुखको भनाइ

काठमाडौं । इजरायली सेनाका प्रमुखले सुरक्षा क्याबिनेटको बैठकमा सेनाको अडान निर्धक्क भएर राख्ने बताएका छन् । सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजाका लागि युद्धका योजनाबारे छलफल हुने सुरक्षा क्याबिनेटको बैठकअघि ’निर्धक्क भएर’ सेनाको धारणा व्यक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकको पूर्वसन्ध्यामा इजरायली सञ्चार माध्यममा प्यालेस्टाइनको तहसनहस भएको क्षेत्रमा अगाडि बढ्ने बाटोबारे क्याबिनेट र जमिरबीच असहमति रहेको हल्ला चलेको थियो। जमिरले भने, “हामी निर्धक्क भएर, व्यावहारिक, स्वतन्त्र र व्यावसायिक तरिकाले आफ्नो स्थिति व्यक्त गर्ने काम जारी राख्नेछौँ।” इजरायली सञ्चार माध्यमका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको पूर्ण कब्जाका लागि अनुमति माग्ने अनुमान गरिएको छ ।

यसअघि बुधबार जमिरले गाजाको विषयमा कुनै पनि सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा लेखेका छन् । जमीरले आफ्नो वक्तव्यमा भने, “हामी सिद्धान्तका लागि काम गरिरहेका छैनौँ, हामी जीवन र मृत्युको मामिलामा काम गरिरहेका छौँ, राज्यको रक्षाका लागि काम गरिरहेका छौँ र हामी हाम्रा सैनिक र नागरिकहरूको आँखामा प्रत्यक्ष रूपमा हेर्दै निर्णयहरू लिन्छौँ।”

उनले भने , “हामी केवल राज्यको भलाई र यसको सुरक्षाको लागि जिम्मेवारी, निष्ठा र दृढताका साथ काम गरिरहनेछौँ।” “उपयुक्त फोरमहरूमा आफ्नो स्थिति व्यक्त गर्नु ‘सेना प्रमुख’को अधिकार र कर्तव्य हो“, काट्जले एक्समा आफ्नो पोस्टमा भन्नुभएको छ, “सेनाले सरकारले बनाएको नीतिहरूको सम्मान गर्नुपर्दछ।”

 

एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार