काठमाडौं । नेपालमा यूरो ५ भन्दा कम मापदण्डका सवारी साधन आयात गर्न बैंकहरूले प्रतितपत्र (एलसी) खोल्न नपाउने भएका छन् ।
सरकारले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ जारी गरेसँगै नेपाल राष्ट्र बैंकले पनि एलसी खोल्ने ब्यवस्थामा सोही मापदण्ड अनुसारको व्यवस्था गरेको हो ।
यससँगै राष्ट्र बैंकले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ विपरितका सवारी रिकण्डिसन तथा प्रयोग भइसकेका वा यो मापदण्डभित्र नपर्ने सवारी वा ढुवानी लगायत अन्य साधान आयात गर्न नपाइने व्यवस्था गरेको हो ।
बैंकले विदेशी बिनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र २०८१ मा संशोधन र परिमार्जन गरी यो नयाँ व्यवस्था गरेको हो ।
नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ असार ९ गते कार्यान्वयनमा ल्याएको हो । यो मापदण्डअनुसार नेपालमा दुई पाँग्रे, तीन पाँग्रे र चार पाँग्रे लघु सवारी साधनको हकमा युरो ५ र कम्तीमा चार पाँग्रा भएका सवारी साधनको हकमा युरो ६ मापदण्डअनुसारको प्रदूषण परीक्षण विधि मान्य हुने हुन्छ।

