सुनचाँदी, मार्जिन प्रकृति र रियल स्टेट क्षेत्रमा बढ्यो कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय समग्रमा कर्जा वृद्धिदर राम्रो रहेको बताएको छ । क्षेत्रगत आधारमा सुनचाँदी, मार्जिन प्रकृति र रियल स्टेट क्षेत्रमा कर्जा विस्तार भएको छ ।
अर्थतन्त्रका विभिन्न सबै क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी नभए पनि समग्रमा भने कर्जा प्रवाह धनात्मक रहेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग पर्याप्त नभए पनि वार्षिक कर्जा वृद्धि भने ६.९० प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले माघसम्म विभिन्न क्षेत्रमा कर्जा प्रवाह ५४ खर्ब ३९ अर्ब १२ करोड ३७ लाख बराबर पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ खर्ब ५१ अर्ब २ करोड ७४ लाखले बढी हो । गत आवको माघसम्म बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न क्षेत्रमा ५० खर्ब ८८ अर्ब ९ करोड ६३ लाख बराबर कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ६८ अर्ब ६९ करोड ६० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५ अर्ब ५२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी कर्जास्वरुप ५३ अर्ब १७ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले समग्रमा सुुनचाँदी कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकले सुनचाँदी कर्जास्वरुप ६३ अर्ब २४ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४ अर्ब ८८ करोड ८० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सुनचाँदी कर्जास्वरुप ४८ अर्ब ३५ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको पुससम्म विकास बैंकले सुनचाँदी कर्जास्वरुप ४ अर्ब ३६ करोड ५० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सुनचाँदी कर्जास्वरुप ३ अर्ब ७७ करोड २० लाख रुपैयाँ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षको पुससम्म वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप १ अर्ब ८ करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनाा ४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सुनचाँदी कर्जास्वरुप १ अर्ब ४ करोड ३० लाख रुपैयाँ वितरण गरेको थियो ।
बैंकहरूले सुन धितोमा राखी कर्जा प्रवाह गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गर्ने गर्छन्। बजारमा सुनको मूल्य घटबढ भइरहँदा मूल्यांकन समेत घटबढको अवस्था रहँदा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढ्दै गएको बैंकले जनाएको छ। यतिबेला नेपाली बजारमा सुनको भाउ घट्ने र बढ्ने प्रक्रिया जारीे छ। सुनचाँदी धितो राखेर अधिकांश वाणिज्य बैंकले कर्जा दिँदै आए पनि सुनको भाउ बढ्दै जाँदा यसतर्फको लगानी बढाउदै लगेका छन् । सस्तो ब्याजदर तथा सहजै रुपमा पाइने भएका कारण सुनचाँदी धितोमा अधिकांशले कर्जा लिने गरेका छन्। सुन धितो राखेर कर्जा लिँदा बैंकहरूले बजार मूल्यको ५० देखि ७० प्रतिशत रकम दिने गरेकाले पनि यस्तो कर्जामा आकर्षण बढेको देखिन्छ । गत आर्थिक वर्षमा भने बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए भने पछिल्लो समय कर्जा वितरण बढेको देखिन्छ ।

व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले पछिल्लो समयमा मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह ३५.१५ प्रतिशतले वृद्धि गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जास्वरुप १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ वितरण गरेका छन् । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३५.१५ प्रतिशत अर्थात् २९ अर्ब ९३ करोडले शेयर धितो कर्जा प्रवाह बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा वाप्त ८५ अर्ब १७ करोड रुपैयाँ वितरण गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको शेयर किन्ने प्रयोजनका लागि शेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो । मार्जिन प्रकृतिका शेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको वृद्धिदर रहेको छ । चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकले ९३ अर्ब १२ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २६ अर्ब ५३ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले ६६ अर्ब ५९ करोड रुपैयाँ शेयर धितो प्रवाह गरेको थियो ।

औद्योगिक क्षेत्र, घरजग्गा लगायतका क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो कर्जा प्रवाह बढाएको बैंकरहरु बताउछन् । कर्जा प्रवाह गर्नु वाध्यात्मक अवस्था भएको कारण शेयर धितो कर्जा प्रवाह बढेको उनीहरु बताउछन् ।

राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको कार्तिकसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.८४ प्रतिशत अर्थात् २४ अर्ब ८ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा व्यवसाय कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४ अर्ब ८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप ३२ अर्ब २ करोड ५० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ अर्ब ७४ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २३ अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप १० अर्ब ८४ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब २५ करोड ४० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ९ अर्ब ५८ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो । जग्गा खरिद सँगै घर निर्माण पनि विस्तारै बढ्दै जाँदा घरजग्गा व्यवसाय कर्जाको माग बढेको विज्ञहरु बताउछन् । सरकारले जग्गा वर्गीकरण नीति ल्याए सँगै जग्गाको खरिदबिक्री प्रभावित बने पनि पछिल्लो समय भने घरजग्गाको माग बढ्दै जाँदा कर्जाको मागमा समेत वृद्धि भएको विज्ञहरुको भनाई छ । मानिसलाई घर नभई नहुने वस्तु हो भने घर बनाउनका लागि जग्गा नभई हुदैन त्यसैले गर्दा बैंक तथा वित्तीय संस्थासँग कर्जा माग गर्दै यसमा लगानी गर्नेको संख्या बढ्दै गएको विज्ञहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार