राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने

काठमाडौं । राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुन:स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन् ।

आन्दोलनको संयोजन सुवेदी नेतृत्वको समितिमार्फत नै हुने पनि बताइएको छ । संयोजक सुवेदीले उक्त आन्दोलन शान्तिपूर्ण हुने बताए ।घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार