नेप्सेमा ३ वटा स्क्रृप्टको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुने कम्पनीहरुमा  रिभर्स फल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फण्ड, लक्ष्मी भ्यालु फण्ड रहेका छन् । रिभर्स फल्स पावर लिमिटेडको मूल्य समायोजन भएको हो समायोजन भएको मूल्य अनुसार ३ सय ३८ रुपैँया ३८ पैसा बपैसा भएको छ कम्पनीले १ सय प्रतिशत हकप्रद शेयर जारी गरेको हो हकप्रद अघि कम्पनीको शेयर मूल्य प्रति शेयर ३ सय ६९ रुपैया २३ रहेको थियो ।

सनराइज ब्लुचिप फण्डको मूल्य समायोजन भएको छ समायोज अघि कम्पनीको प्रतिशेयर मूल्य ११ रुपैया ४६ पैसा रहेको थियो । कम्पनीले १९ प्रतिशत नगद लाभांस बितरण गरपछि मूल्य समायोजन भएको हो । समायोजन पश्चातको मूल्य ९ रुपैँया ५६ पैसा रहेको छ । त्यसैगरी लक्ष्मी भ्यालु फण्डको मूल्य पनि समायोजन भएको छ कम्पनीले बार्षिक आम्दानीबाट १५ प्रतिशत नगद लाभांस बितरण गरेपश्चात मूल्य समायोजन गरेको हो समायोजन पश्चात कम्पनीको प्रति शेयर मूल्य ९ रुपैया ३९ पैसा रहेको छ यस अघि कम्पनीको शेयर मूल्य प्रतिशेयर १० रुपैँया ८९ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार