काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो ।
कोषको खुद ब्याज आम्दानी ४४ करोड २५ लाखबाट घटेर ३३ करोड ७४ लाख कायम भएको छ । यता, सेवा शुल्क तथा कमिसनबाट हुने आम्दानी भने १ अर्ब ४१ करोडबाट बढेर १ अर्ब ६५ करोड पुगेको छ । विविध आम्दानी पनि बढेको छ । त्यसैले गर्दा नाफाम सुधार आएको हो ।
६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाको जगेडा कोषमा २० अर्ब १ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ ।

