काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
साहसको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब ४४ करोडबाट बढेर २ अर्ब ६४ करोड पुगेको छ । अन्य आम्दानी पनि बढेको छ । यता, वित्तीय खर्च भने १ अर्ब १६ करोडबाट घटेर ८० करोड ५९ लाख कायम भएको छ । विद्युत आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार आएको हो ।
३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यसको जगेडा कोषमा ३ अर्ब १६ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी २३.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ ।

