‘फोर्थिङ फ्राइडे’ आफ्नो नयाँ ‘सेग्मेन्ट’ मा, सबैभन्दा किफायती मूल्यमा नेपाली बजारमा

काठमाडौं ।  नेपालको बढ्दो विद्युतिय (इलेक्ट्रिक) सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोथिङ’ लाई नेपाली बजारमा ल्याएको छ ।

नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यसलाई एक महत्वपूर्ण कदम ठानिएको छ । ‘फोथिङ’ को पहिलो मोडेल, ‘फ्राइडे ईभी’ नेपालमा २०८२ साउन २ गते राष्ट्रिय अटो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्याुनफयाक्चरर्स एसोसिएसन (नाइमा) ले २०२५ को उद्घघाटन अवसरमा सार्वजनिक गरिएको थियो । यो प्रदर्शनी नाइमाद्धारा आयोजित गरिएको हो र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेको छ ।

विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको ‘फ्रोथिङ’ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक यएसयूभी को सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गराएको छ । यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित भएको छ, जसले गर्दा ग्राहकहरुलाई उपयुक्त हुने देखिन्छ ।

‘फ्राइडे ईभी’ दुई भेरियन्टमा उपलब्ध छ, जुन एउटा लक्जरी र अर्को एक्सक्लुसिभ हो । लक्जरीको मूल्य ५० करोड ९६ लाख र एक्सक्लुसिभ ५६ करोड ९६ लाख छ । नाइमाको विशेष अफर अन्तर्गत, ‘फोथिङ’ ले दुवै भेरियन्टमा सीमित समयका लागि २ लाख छुट र एक वर्षको अटो र बीमा प्रदान गरिएको छ । यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल ४८ करोड ९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट ५४ करोड ९६ लाखमा प्राप्त गर्न सकिने छ , यो छुटको व्यवस्थाले ग्राहकको हित गर्नेछ ।

शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, ‘फ्राइडे ईभी’ मा ६४.४ किलोवाट हर्ज ब्याट्री र ९९ किलोवाट मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम रहेको छ । साथै यसको भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वकतवरबाट तयार गरिएको छ । त्यस्तै यसमा प्रिमियम मसाज स्पोट्र्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ ।

‘फोर्थिङ फ्राइडे ईभी’ ले प्रतिस्पर्धात्मक मूल्य निर्धारणसँगै प्रिमियम स्तरका सुविधाहरू र नाइमाको विशेष अफर पनि उपलब्ध गराउँछ । यी सबै कुराले ‘फोर्थिङ फ्राइडे ईभी’ लाई नेपाली बजारमा आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी मूल्यवान र किफायती विकल्प बनाएको छ, जहाँ विलासिता, शक्तिशाली प्रदर्शन, र नयाँ प्रविधि प्रतिस्पर्धीहरू भन्दा सस्तो मूल्यमा उपलब्ध छ ।

‘फोर्थिङ’ सँग सहकार्यगर्दै, लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ । कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका समेत खेलेको छ ।
लक्ष्मी ई–मोबिलिटीसँगै नाइमा २०२५ मा सहभागी हुनुको लागि सबैमा आग्रह गरिएको छ । सोमबारसम्म चल्ने नाइमाको स्टल ‘ए फो (४)’ मा ‘फोर्थिङ’ को मुख्य प्रस्तुतिसँगै ग्राहकहरुले नेपालमा विद्युतीय सवारीसाधनको भविष्य देख्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार