भारतीय विमानलाई आफ्नो आकाश मार्ग बन्द गर्दा पाकिस्तानले व्यहोर्यो ठूलो आर्थिक घाटा

काठमाडौं । पाकिस्तानले भारतको सिन्धु जलसन्धि निलम्बनको जवाफ स्वरुप अप्रिल २४ देखि भारतीय दर्ता भएका विमानहरुको आकाश मार्ग बन्द गर्दा ठूलो आर्थिक घाटा व्यहोरेको छ । पाकिस्तान एयरपोर्ट्स अथोरिटीले करिब दुई महिनामा ४.१ अर्ब पाकिस्तानी रुपियाँ गुमाएको छ ।

डनको रिपोर्ट अनुसार दैनिक १०० देखि १५० भारतीय विमानहरु आकाश मार्ग प्रयोग गर्न नपाउँदा पाकिस्तानको हवाई यातायात लगभग २० प्रतिशतले घटेको हो । पाकिस्तानी रक्षा मन्त्रालयले यसलाई रणनीतिक र कूटनीतिक कारणले आवश्यक कदम रहेको उल्लेख गरेको छ र वित्तीय घाटा स्वीकार्दै राष्ट्रिय सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार