नाइमा २०२५, मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

काठमाडौं । टिभिएस नेपालले, नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्याुनफयाक्चरर्स एसोसिएसन (नाइमा) २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ। नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले नयाँ कलर भ्यारीएन्ट सहित उक्त स्कुटरहरु सार्वजनिक गरेको हो ।

एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षकरङ्गहरु सार्वजनिक गरिएको हो ।
आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटॉर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण गर्ने निश्चित छ, साथै उपभोक्ताको मन समेत जित्नेछ ।

शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ । नाइमा २०२५ अटो शोमा सहभागी सबैलाई हल बी को स्टल नम्बर एल ३ एमा गई नयाँ एनटॉर्क डिस्क एफआई नजिकैबाट अवलोकन गर्न सकिन्छ । एनटॉर्क डिस्क एफआईको नेपाली बजारको लागि २ लाख ८२ हजार ९०० मूल्य निर्धारण गरिएको छ ।

पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन्।

नयाँ एनटॉर्क डिस्क एफआई भ्यारीएन्टहरुमा निम्न विशेषताहरु रहेका छन् :

  • SmartXonnect™  ब्लुटुथ कननेक्टिभिटी
  •  टर्न–बाइ–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर
  •  उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक
  •  युएसबी चार्जिङ पोर्ट
  •  दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युल फिलिङ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार