काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरेको छ ।
कम्पनीले २०८२ जेठ ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको लागि १० कित्ता साधारण शेयर बराबर ३.४७८ ३ कित्ता शेयर (१०:३.४७८३) को अनुपातमा १ सय अङ्कित दरको ६५,७६,९६७.७६ कित्ता हकप्रद साधारण शेयरको २०८२ साउन ०६ गतेदेखि २०८२ साउन २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा २०८२ भाद्र ०२ सम्म म्याद थप गरेको छ ।
कम्पनीको हकप्रद शेयर खरिद गर्न योग्यता पुगेका लगानीकर्ताले एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौं, एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, चिप्लेढुङ्गा, पोखराएनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, ट्राफिकचोक,बुटवल,एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, आदर्शनगर, वीरगंज एनआइएमबि एस क्यापिटल लिमिटेड, शाखा कार्यालय, गोल्छाचोक, विराटनगरबाट फारम प्राप्त गरि आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिने जनाइएको छ ।

