एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड, लाभांश वितरण क्षमता ३८ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोडबाट बढेर ९ अर्ब १२ करोड पुगेको छ । यता, बैंकले १६ करोड १७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।

१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ८८ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर ३७.९९ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ३८.२७ प्रतिशत छ । एनपीएल घटेर ०.३८ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार