१५ अर्ब बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्बको ट्रेजरी बिल नविकरण गर्दैछ ।

आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।

कार्यालयका अनुसार २८ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८२ भदौ २४ गते र २०८३ साउन २६ गते भित्र परिपक्व हुनेछ । २८ दिन र ३६४ दिन अवधि रहने ट्रेजरी बिलको लागि सोमबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ ।

यसअघि साउन १९ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ३६४ दिनको लागि २ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २ अर्ब बराबरको ट्रेजरी बिलको लागि २० अर्ब ३३ करोडको बोल परेको थियो । जसमा औसत छुटदर २.६६६५ प्रतिशत रहेको थियो ।

पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले १५ अर्ब बराबरको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर ३ प्रतिशत रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार