कुन वाणिज्य बैंकको कति छ लाभांश वितरण क्षमता ? एनपीएल कसको कति ?

काठमाडौं । गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने ७ वटा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकको लाभांश वितरण क्षमता सबैभन्दा धेरै देखिएको छ । गत वर्षको नाफाबाट यस बैंकले सेयरधनीलाई ३८.२७ प्रतिशत प्रतिफल दिन सक्छ । अघिल्लो वर्ष लाभांश वितरण क्षमता २८.०६ प्रतिशत रहेको थियो ।

दोस्रोमा, सानिमा बैंकको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ । कृषि विकास बैंकको १८.४२ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत र सिटिजन्स बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ । यता, कुमारी बैंकको भने लाभांश वितरण क्षमता ऋणात्मक छ ।

बैंकहरुको ब्याज आम्दानी बढेको छ । साथै, केहीको इम्पेयरमेन्ट चार्ज घटेको छ । जसकारण नाफामा सुधार देखिएको हो । नाफासँगै लाभांश वितरण क्षमतामा पनि सुधार आएको छ ।

यता, कुमारी बैंकको एनपीएल ६.४२ प्रतिशत पुगेको छ । सिटिजन्सको ४.९४ प्रतिशत, माछापुच्छ्रेको ३.८३ प्रतिशत, कृषिको ३.२६, सानिमाको ३.०१ र एभरेष्टको एनपीएल ०.३८ प्रतिशत छ । ५ प्रतिशत भन्दा धेरै एनपीएल भएका बैंकहरुले लाभांश दिन मिल्दैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार