CLI

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर दिएर शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई अघिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।

सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ। अन्य जलविद्युत आयोजनामा लगानी गर्न पुँजी जुटाउनका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट पूर्वस्वीकृतिपछि आगामी वार्षिक साधारणसभा पेस गरिने कम्पनीले जनाएको छ। साधारणसभाको मिति भने तय भइसकेको छैन।

 

 

Leave Your Comment

Related News