काठमाडौं । रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई साउन २९ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको हो ।
साउन २९ गतेबाट रिक्त हुन लागेको सो पदमा घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको हो ।

