काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७४ अंकले घटेर ४८५.४१ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.१० अंकले र सेन्सेटिभ इन्डेक्स १.७३ अंकले घटेको हो ।
सोमबार ३२४ वटा कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १० अर्ब २१ करोड १ लाख पुगेको छ । जुन बिहीबारको तुलनामा १ अर्ब ६८ करोड ११ लाखले बढी हो । बिहीबार ३१८ वटा कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३३ करोड ९९ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४७ खर्ब ११ अर्ब ८७ करोड ७३ लाख रहेको छ ।
सोमबार ३० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन २ वटा समूह बढ्दा बाँकी ११ वटा समूह घटेको छ । म्युअुचल फण्ड ०.०३ र अन्य समूह ८ अंकले बढ्दा बैंकिङ ६, विकास बैंक १३९, वित्त ३३, होटल र पर्यटन ५३, जलविद्युत ५३, लगानी १.३४, जीवन बीमा १०८, उत्पादन र प्रशोधन ५९, लघुवित्त १२९, निर्जीवन बीमा १५८, र व्यापार ६२ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, साहास उर्जा र बुटवल पावर कम्पनी रह्यो । शिवम सिमेन्टको ५३ करोड ८८ लाख, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड ८३ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड ६० लाख, साहास उर्जाको ३६ करोड ४५ लाख र बुटवल पावर कम्पनीको २९ करोड ७१ लाख बराबर करोबार भयो ।

