काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटी होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९६१.१५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ५७८.४२ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।


