बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिन लागेका छन्  । उनी नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेतामाथि अबिस्वासको मत जाहेर गरेर आफु संसदीय दलको नेता बनि २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् ।

बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।

नेपाली कांग्रेस बहादुर सिं लामा पक्षले पुर्व सहमति कायम नगरेको भन्दै बिस्वासको मत नदिने बताए पनि यी बिषय आफूले मिलाउने भन्दै कांग्रस सभापति शेरबहादुर देउवाले बिस्वासको मत दिन निर्दैशन दिएका छन् । नेपाली कांग्रेस र नेकापा एमालेको पुर्ब सहमति कुनै परिबर्तन नभएमा उनको सरकार आगामी फागुन सम्म रहनेछ । यसहघि नेपाली कांग्रेसका बहादुर सिं लामा बागमति प्रदेश सरकारको मुख्यमन्त्री रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार