नबिल बैंकको नाफा ७ अर्ब १२ करोड, कति छ लाभांश वितरण क्षमता ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३१ करोडबाट बढेर १६ अर्ब ३२ करोड पुगेको छ । फि तथा कमिसनबाट हुने आम्दानी पनि बढेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । त्यसैले नाफामा सुधार आएको हो ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ९० करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २६.३४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत छ । एनपीएल घटेर ४.२७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार