एनएमबि बैंकको लाभांश वितरण क्षमता डबल डिजिटमा, कति कमायो नाफा ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २१ करोडबाट बढेर ८ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । फि तथा कमिसनबाट हुने आम्दानी पनि बढेको छ । यता, इम्पेयरमेन्ट चार्ज घटेको छ । उक्त चार्ज घट्दा, ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ३२ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १७.८७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता १०.४० प्रतिशत छ । एनपीएल ३.७२ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार