CLI

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा कहिलेबाट मिल्छ आवेदन दिन ?  

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम साउन २९ गतेदेखि निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यस फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

Leave Your Comment

Related News