सिद्धार्थ प्रिमियर इन्सुरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष संस्थाले ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसले १२ महिनामा २ अर्ब ५ करोड बिमा शुल्क संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ११.५८ प्रतिशत धेरै हो ।

बिमाको लगानी तथा कर्जाबाट हुने आम्दानी ७३ करोड ४१ लाखबाट घटेर ४७ करोड ५९ लाख कायम भएको छ । कमिसन आम्दानी ५१ करोड ९२ लाख रहेको छ । २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्सुरेन्सको रिटेन्ड अर्निङमा ९५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ४ लाख ७५ हजार छ । यसको प्रतिसेयर आम्दानी बढेर २५.४१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार