नाइमामा आर्कषणको केन्द्र बन्यो स्वदेशी कम्पनी‘मेगाटेक’का तीनपाङ्ग्रे सवारी साधन (फोटोफिचर)

उषा काफ्ले

काठमाडौं । साउन २१ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाइमा मोबिलिटी एक्स्पोमा नेपालमा निर्मित तिनपांग्रे सवारीसाधनका ५ वटा मोडल प्रदर्शनमा राखिएको थियो। ।

मेगाटेक कम्पनीले ‘ हाम्रो सामान, हाम्रै स्वाभिमान‘ ’ भन्ने  नारा सहित ५ थरीका तिनपांग्रे साधन  बजारमा ल्याएको हो । एक्स्पोमा विद्युतीय नयाँ मोडलसँगै व्याट्री पनि प्रदर्शनमा राखिएको थियो । एक्स्पो स्थलको अन्त्यमा बाहिर निस्कने ठाउंमा ३ पांग्रेको स्टल  राखिएको थियो ।

मेगाटेक कम्पनीका प्रबन्ध निर्देशक विकास उप्रेतीले नेपालमा नै बनेको र एक्स्पोमा राखिएका भन्दा फरक भएकोले यी सवारीले सबैको ध्यान खिचेको बताए  । चीनलगाएतका देशहरुमा  बनेका सवारी साधनको लर्को लागिरहदा  नेपालमानै बनेको सवारी साधनको अवलोकनका लागि बढी मात्रमा अवलोकनकर्ताहरु आएको र अरु भन्दा फरक प्रतिकृया पाएको  उप्रेतीले बताएका छन् । किनकी यो युनिक पनि भएको मेगाटेकका अधिकारीहरुको दाबी छ ।

नेपालमानै डिजाइन गरेर नेपालमानै बनाइएकोले पनि यूनिक भएको कम्पनिको भनाई छ।नाइमा मोविलिटी एक्स्पोमा राखिएका अन्य सवारी भन्दा फरक भएकाले नाइमा टिम लगाएत अबलोकन कर्ताहरुबाट सुखत प्रतिकृया आएको कम्पनीले बताएको छ ।

मेगाटिच ग्रपले स्वदेशमा नै निर्माण गरीएको बजारमा भइरुहेको यात्रू बाकेर हिड्ने तिनपांग्रे भन्दा फरक यूटीलिटी सवारी साधन भएको कम्पनीले बताएको  थियो  । साथै उधमशिलतामा जोड दिदै यसबाट सेवा मात्र नभएर व्यापार र रोजगार  मिल्ने भएकाले यसको डिजाईन गरेर बजारमा ल्याईएको कम्पनीले बताएको  हो ।

प्रविधिको हिसाबले हेर्ने हो भने बजारमा भएका अन्य तिनपांग्रेजस्तै भएतापनि यसको ‘बडी’को डिजाईन,प्रयोग गर्दा हुने फाइदा दिन्छ भन्ने कुराहरु फरक  भएको कम्पनीले बताएको छ ।

नेपाली बजारमा भित्रिएका सवारी साधन मध्ये मेगाटेकले निर्माण गरेको सवारी साधान कम मूल्यमा नेपाली बजारमा ल्याएको र जो कोहिले खरीद गर्न सक्ने दाबी कम्पनीका अधिकारीहरुको रहेको छ । अहिले विशेष गरी तराईका जिल्लाहरुलार्इ मध्यनजर गरी  बनाइएको कम्पनीको दावी छ ।

१० देखि १३ डिग्रिको  ग्रेडवृद्धिको उकालो सजिलै कुद्न सक्ने भएकाले सबै खाले बजारमा यसको सम्भावना रहेको कम्पनीको भनाई छ । मेगाटेक कम्पनीले स्वदेशमा नै निर्माण गरीएको रिक्सालाइ ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ भन्ने  नारा सहित ५ थरीका  तिनपांग्रे सवारी साधन  बजारमा ल्याएको हो ।

‘५ स्कुल भ्यान,  वाटर ट्याङ्ककर ,ओपन भेज कार्ड र पोल्ट्री भेड कार्ड’ काड नामको रहेको छ । युसको मूल्य ४ लाख देखि ९ लाख सम्म मात्र रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार