काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताएका छन् ।
आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताए। मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा युवा सशक्तिकरण, सीप र तालिमको माध्यमबाट रोजगारी सृजना गर्न निर्देशन दिए।
परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले यही साताभित्र युवा नीति सार्वजनिक गर्ने जानकारी दिए। “कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले साहस, प्रतिबद्धता र नवप्रवर्तनप्रति रुचि देखाएका छन्”, उनले भने, “युवाजनशक्तिको सहभागितामा ठूलो परिवर्तनको हामीले अनुभव गर्न पाएका छौँ ।”

