ओरालो लाग्यो शेयर बजार सवा ३ अर्ब बढीले घट्यो कारोबार, यस्ता छन् कारण

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेर ४८१.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.८४ अंकले र सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको हो ।

मंगलबार ३२३ वटा कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार पुगेको छ । जुन सोमबारको तुलनामा ३ अर्ब २९ करोड ११ लाखले कम हो ।
सोमबार ३२४ वटा कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १० अर्ब २१ करोड १ लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ६९ अर्ब ४२ करोड ८३ लाख रहेको छ ।

सोमबार २४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन १ वटा समूह बढ्दा बाँकी १२ वटा समूह घटेको छ । होटल र पर्यटन ९१ अंकले बढ्दा बैंकिङ १४, विकास बैंक ४५, वित्त ३९, जलविद्युत ४६, लगानी ०.७४, जीवन बीमा १४१, उत्पादन र प्रशोधन ७७, लघुवित्त ७७, म्युअुचल फण्ड ०.०५, निर्जीवन बीमा १०३ र व्यापार ३७ र अन्य समूहले १७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम सिमेन्टस र बुटवल पावर कम्पनी रहेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ७७ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख, लुम्बिनी विकास बैंकको २० करोड २६ लाख, शिवम सिमेन्टसको २० करोड ६ लाख र बुटवल पावर कम्पनीको १९ करोड ६० लाख रहेको छ ।

पछिल्लो केही दिनयता धेरैजसो सूचीकृत कम्पनीहरुले गत वर्षको चौथो त्रैमासिकसम्मको उत्कृष्ट वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय रिपोर्ट राम्रो आउँदा बजार स्वाभाविक रुपमा बढ्ने अपेक्षा गरिन्छ, तर वास्तविकता अहिले भने फरक देखिएको छ ।

यस्तो हुनुको पहिलो कारण भनेको नाफा बुक गर्नेको संख्यामा वृद्धि आउनु हो । जब बजार उच्च विन्दुमा पुग्छ तब, नाफा बुक गर्नेहरु पनि बढ्छन् । पछिल्लो महिना केही कम्पनीहरुको मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । यसपछि छोटो अवधिमा धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गरेका हुन् । जसले बजारमा अस्थायी दबाब सिर्जना गरेको छ ।

नेप्से सूचक केही समयअघि महत्वपूर्ण प्रतिरोध स्तरमा पुगेको थियो । उक्त विन्दुमा नाफा बुक गर्नेहरु बढे तर खरिदकर्ता सोही अनुसार बढेनन् । जसकारण इन्डेक्समा दबाब देखियो । यता, लगानीकर्ताको मनोबल पनि कमजोर देखिएको छ । सेयर बजारमा लगानीकर्ताको मनोबल अत्यन्त महत्त्वपूर्ण हुन्छ । जब भविष्यप्रति विश्वास र आशा बलियो हुन्छ, लगानीकर्ताहरु जोखिम लिन तयार हुन्छन् । तर अहिलेको अवस्था भने केही फरक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार