काठमाडौं । लक्ष्मी र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये लक्ष्मीले असारसम्म १ करोड ९६ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४१ करोड ३९ लाखबाट बढेर ४५ करोड १४ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा २५ करोड २२ लाख रुपैयाँ जम्मा रहेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी बढेर ४.४४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१.३१ रुपैयाँ छ । संस्थाको लाभांश वितरण क्षमता ४.१९ प्रतिशत छ । एनपीएल १०.३० प्रतिशत कायम भएको छ ।
युनिक नेपालले गत असारसम्म ४ करोड ५ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा युनिक नेपाल घाटामा थियो । यस संस्थाको खुद ब्याज आम्दानी २५ करोड ७ लाखबाट घटेर २२ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । फि तथा कमिसन आम्दानी बढेको छ । यतरा, इम्पेयरमेन्ट चार्ज घटेको छ । त्यसैले संस्था नाफामा गएको हो ।
१४ करोड ८५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा १९ करोड ८५ लाख रुपैयाँ जम्मा रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी बढेर २७.२८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २६९.६७ रुपैयाँ छ । संस्थाको लाभांश वितरण क्षमता ४६.०२ प्रतिशत छ । एनपीएल १२.२१ प्रतिशत कायम भएको छ ।

