सिटिजन्स बैंकको “मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एन्ड अचिभिङ गोल्श” सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एन्ड अचिभिङ गोल्श सम्बन्धी सेमिनार आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप-प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ ।

सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान-प्रदान भएको छ । मधेश केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।

यता, बैंकले आर्थिक वर्ष २०८१-८२ को असारमसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने र बेस रेट कम गर्न सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले १२ महिनामा १ अर्ब २९ करोड रुपैयाँ भन्दा धेरैको नाफा कमाएको छ ।

सिटिजन्सको देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख २५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार