ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशत धेरै हो ।अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोडबाट घटेर १६ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । फि तथा कमिसनबाट हुने आम्दानी बढेको छ । त्यसैले नाफामा सुधार देखिएको हो । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । कम्पनीले ५ खर्ब ५० अर्ब निक्षेप संकलन गरेर ४ खर्ब ११ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १६.२८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता १४.११ प्रतिशत छ । एनपीएल घटेर ४.८७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार