यसकारण ९६५ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसको खुद ब्याज आम्दानी ११ अर्ब ८९ करोडबाट घटेर ७ अर्ब १९ करोड रुपैयाँ कायम भएको  छ । यता, फि तथा कमिसनबाट हुने आम्दानी भने बढेको छ । बैंकको २ अर्ब ५१ करोड रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । उक्त चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो । बैंकले ३ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ३० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५५ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २३.१२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ४.४४ प्रतिशत छ । एनपीएल  ४.९६ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार