काठमाडौं । नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच वटा मुलुकसँग नेपालको व्यापार अवस्था दयनीय रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको प्रमुख साझेदार मुलुकहरु भारत, चीन, अर्जेन्टिना, अमेरिका र संयुक्त अरब इमिरेटस (यूएइ)सँगको व्यापार अवस्था दयनीय देखिएको हो ।
भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड ८९ लाख ३४ हजारको आयात हुँदा २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख ९६ हजार निर्यात भएको छ । जसमा ८ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख ३८ हजारको व्यापार घाटा भएको छ । चीन बाट ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख ९६ हजारको आयात हुँदा २ अर्ब ६३ करोड २९ हजार को निर्यात भएको छ । जसमा ३ खर्ब ३८ अर्ब ४७ करोड ४५ लाख ६७ हजारको व्यापार घाटा भएको छ ।
भारत र चीन पछि अर्जेन्टिनासँग पनि नेपालले उच्च व्यापार घाटा व्यहोरेको छ ।
अर्जेन्टिनाबाट ९९अर्ब ३० करोड ३ लाख ७० हजारको आयात हुँदा ३३ लाख ५५ हजार को निर्यात भएको छ । जसमा ९९ अर्ब २९ करोड ७० लाख १५ हजार व्यापार घाटा भएको छ । अर्जेन्टिना पछि अमेरिकाबाट २५ अर्ब ९६ करोड ५६ लाख ९८ हजारको आयात हुँदा १८ अर्ब ३२ करोड ७ लाख ४५ हजार को निर्यात भएको छ । जसमा ७ अर्ब ६४ करोड ४९ लाख ५४ हजारको व्यापार घाटा भएको छ ।
यूएईबाट २५अर्ब ३३ करोड ६९ लाख ९५ हजारको आयात हुँदा ३ अरब १ करोड ८९ लाख ७९ हजारको निर्यत भएको छ । जसमा २२ अरब ३१ करोड ८० लाख १६ हजारको व्यापार घाटा भएको छ ।

