नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै ढकाल सेबोनको सञ्चालक नियुक्त भएका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । उनलाई बुधबार एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार